बिर्तामोड । अर्जुनधाराका रनबहादुर बस्नेतको आफ्नै घरको पर्खालबाट लडेर मृत्युु भएको छ । घरको दोस्रो तलाको निर्माणाधीन पर्खालमा पानी लगाउने क्रममा मंगलबार बिहान बस्नेत लडेका थिए ।
उनलाई तत्काल उपचारका लागि बिर्तामोड लागिएको थियो । उपचारका क्रममा चिकित्सकले चेकजाँज गर्दा बस्नेतलाई मृत घोषित गरेका थिए । अर्जुनधारा-४ का बस्नेतको शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको जनाइएको छ ।