बिर्तामोड । झापाको बाह्रदशीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेका बिकास भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । 

बिर्तामोडबाट बाह्रदशीको बिहीबारे जाँदै गरेको समयमा चैत २ गते भट्टराईले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

मे ३ प ६२२६ नम्बरको मोटरसाईकलमा सवार भट्टराई बाह्रदशी गाउपालिका-६ नारायण चोकमा दुर्घटनामा परेका थिए । 

गम्भीर अवस्थाका उनको उपचारका क्रममा शनिबार राती ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।