बिर्तामाेड । बिर्तामोड-४ स्थित विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलमा चोरी गरी फरार युवक पक्राउ परेका छन् । चोरी गरेको अभियोगमा शिवसताक्षी-७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत २ गते बिहान १० बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी भएको थियो ।  सिसिटिभी फुटेजका आधारमा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारी पसलको सटर बन्द गरेर संचालकहरुले बैठक गरिरहेको मौकामा मगरले सटर खोलेर चोरी गरेका थिए । चोरी गर्दै गरेको सीसीटीभी फुटेज सार्वजनिक भएकाे थियाे  ।