बिर्तामोड । ईटहरीको चोकैमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि आगलागी भईरहेको छ ।
आज बिहान ०९:४० बजे इटहरी उपमहानगरपालिका-६ मा रहेको प्लाजाको चौथो तलामा अचानक आगलागी भएको हो । उक्त आगलागी नेपाल प्रहरी, इटहरी उमनपा, दुहबी नपा, रामधुनी नपा, कोशी गापा, बराहक्षेत्र नपा, बिराटनगर उमनपा ,सुन्दर हरैचा नपा, नेपाल प्रहरीको दमकल, धरान उमनपा, देबानगन्ज गापाको दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ ।
त्यसका अतिरिक्त नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाल आर्मीको संयुक्त टोलिले आगो नियन्त्रण प्रयास भैरहेको छ । आगलागीमा फसेका ७ जना मानिसहरुलाई उद्दार गरिएको जनाइएको छ ।



















