बिर्तामोड । कन्काई नगरपालिकाको कार्यालयमा महिला एवं कृषक समुहलाई महिला हिंसा र प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ।
कन्काई न पा का उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आथित्यता तथा वडा नं २ का अध्यक्ष बलराम राईको उपस्थितिमा वडा नं १ की वडा सदस्य तथा कन्काई नगरकार्यपालिका सदस्य निर्मला खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नगरपालिकाको समन्वय, कारितास नेपालको आयोजना तथा जामुनखाडी कृषी सहकारी संस्थाको सहयोगमा सञ्चालित एक दिवसीय अभिमुखीकरण कार्यक्रममा कन्काईका सबै वडाका ४५ जना भन्दा बढी स्थानीय तथा कृषक महिलाहरूको सहभागिता रहेको थियो।
झापा बार इकाईका सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत "सिता" प्रमुख प्रशिक्षक रहेको थियो भने समाजसेवी सुजन काफ्लेले समेत प्रशिक्षण गरी कार्यक्रम सम्पन्न भएको थियो।



















