बिर्तामोड । झापा गाँउपालिका-३ झाटी स्थित भित्री पक्की सडकखण्डमा ट्याक्टरबाट खसेर एक बृद्वको मृत्यु भएको छ ।

झाटीबाट कामाटोली तर्फ आउदै गरेको मे १ त ४१०७ नंम्बरको ट्याक्टरमा सवार सोही स्थानका बर्ष ६० को रमेश हस्दाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्याक्टरबाट अचानक बेहोस भई लडेर उनी घाईते भएका थिए ।

उनको उपचारको लागी स्वास्थ चौकी शरणामती  पठाईएकोमा सामान्य उपचार पस्चात थप उपचारको लागी प्रादेशीक अस्पताल भद्रपुर  पठाईएको प्रहरीले जनाएको छ ।

उनको अहिले बेलुका १८:३० बजे उपचारको क्रममा मृत्यु भएको छ । टयाक्टर चालक सोही ठाउँ बस्ने देव कुमार गणेश  र ट्रयाक्टर  प्रहरी  नियन्त्रणामा रहेको जनाइएको छ ।