बिर्तामोड । बर्षासँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ । 

बिहान ७ बजेको समयमा पाँचथर मिक्लाजुङ गाउँपालिका-३ आरुभोटे स्थायी वतन भई हाल जिल्ला झापा गौरादह नगरपालिका-५ बालुबथान बस्ने दुधकुमार लावतीको मृत्यु भएको हो ।

स्थानीय गोमनाथ चेम्जोङको अधिया खेत गरेर उनकै घरमा बस्दै आएका अन्दाजी ५४ बर्षका लावतीको मृत्युु भएको हो । किचन कोठामा खाजा खाने क्रममा बर्षासंगै परेको चट्याङको झट्का लागेर लावतीको घटनास्थलमै मृत्यु भएको थियो ।