बिर्तामाेड । झापाको अर्जुनधारा जलेश्वरधाममा बुधबार १९ जोडीको सामुहिक बिवाह भएकाे छ । जलेश्वर धाम समितिकाे सक्रियतामा पहिलाे पटक यहाँ सामुहिक बिवाह भएकाे हाे ।

विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्लाका १९ जोडीको सामूहिक विवाह गराएको हो ।

वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको  जलेश्वर धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । 

सामूहिक विवाहमा बरबधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडा वर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्था समेत गरिदिएको उनको भनाई छ । अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको जनाइएको छ ।