बिर्तामोड ।झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएको टोली सवार  गाडी दुर्घटनामा परेको   दुर्घटनामा परि नगरपालिकाको एक जना कर्मचारीको मृत्यु भएको   अन्य पाँच जना घाइते भएका छन् 

भ्रमणबाट फर्कँदै गरेको गाडी उदयपुरको कटारी नजिक दुघर्टना हुँदा दमक नगर पालिका वडा नं घर भई दमक नगरपालिकामा कानुन अधिकृतको रुपमा कार्यरत कर्मचारी माधव बस्नेतको ज्यान गएको हो  दुघर्टनमा परि वडाध्यक्ष सहित अन्य  जना घाइते भएका छन्  प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचार पछि घाइतेहरुको थप उपचारका लागि विराटनगर अस्पताल रेफर गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले बताए प्रजिअ लुईंटेलका अनुसार दमक वडा नं१० का वडाध्यक्ष राजेन्द्र भण्डारीको अवस्था केही जटिल भए पनि अन्य  जनाको अवस्था भने खतरामुक्त रहेको  

घाइते हुनेमा नविन खतिवडाभुवन दाहालकमल श्रेष्ठज्ञानेन्द्र गौतम् रहेका छन् गत बैशाख १२ गते शुक्रबारका दिन स्थानीय तहको न्यायिक सम्पादनको विषयमा पालिका स्तरको अवलोकन भ्रमणमा गएको मे   ३०४० को स्करपियो गाडी आफै अनियन्त्रित भइ मदन भण्डारी राजमार्ग अन्तर्गत कटारी नगरपालिका  सोमबारेमा दुघर्टना भएको उदयपुरका प्रहरी नायव उपरिक्षक कमल बजगाँईले जानकारी दिए 

सवा  बजे तिर भएको दुघर्टनामा चालक बाहेक अन्य घाइते भएको बताइएको  ।चालक देवेन्द्र तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको