बिर्तामोड । अर्जुनधाराकाे लक्ष्मीपुर-कनकाई खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा प्रगतिशिल समावेशी समूहले विजय हाँसिल गरेको छ । निर्वाचनमा कोषाध्यक्षबाहेकका पदमा नेकपा एमाले र राप्रपा समर्थित उम्मेदवारले भारी मत अन्तरमा विजय हाँसिल गरेका हुन् । 

आज सार्वजनिक भएको मत परिणाममा अध्यक्षका उम्मेद्वार नेत्रबहादुर नेपाल निर्वाचित भएका छन् । उनले ६२६ मत पाए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका मोहन लुईटेलले २८३ मत मात्र ल्याउन सफल भए । 

उपाध्यक्षमा सोही गठबन्धनका छविलाल खतिवडा निर्वाचित भए । खतिवडाले ६२२ मत ल्याउँदा प्रतिष्पर्धी सुरज शर्मा भण्डारीले २५४ मत ल्याए । सचिवमा बुद्धिसागर कट्टेलले ५१२ मत ल्याएर निर्वाचित भए । कोषाध्यक्षमा भने नेपाली कांग्रेसका टेकबहादुर बस्नेत ४१४ मत पाउँदै निर्वाचित भए ।

महिला सदस्यहरुमा लीला कार्की डाँगी, तारादेबी धमला र रत्ना खड्का निर्वाचित भए । यसैगरी खुल्ला सदस्यमा गञ्जबहादुर बुढाथोकी र जित बहादुर बस्नेतले बिजय हाँसिल गर्न सफल भए । बैशाख १८ गते भएको निर्वाचनमा ९४१ मत खसेको थियो ।