बिर्तामोड । नेपाल पत्रकार महासङघले आयोजना गरेको 'प्रेस स्ववतन्त्ररताका लागि राजनीतिक दलको प्रतिबद्धता' बिषयक अन्तरसम्वाद कार्यक्रममा पत्रकारहरुले एउटा राजनीतिक दलका नेतालाई दुर्ब्यबहार गरेका छन् ।

IMG_20250503_123033

पत्रकारहरुले जनमत पार्टीका जिल्ला अध्यक्ष भोटुलाल राजबंंशीलाई दुर्व्यवहाधर गरेका हुन् । राजबंशीले आफ्नो मन्तब्यका क्रममा 'झोले' भनेपछि पत्रकारहरु आक्रोशित भएका थिए ।

IMG-20250503-WA0007

पत्रकारहरु राजेन्द्र गौतम र लक्ष्मी उप्रतीले पोडियमबाटै राजबंशीलाई धकेलेर मञ्चमा पुर्याएका थिए । गौतम कांगेससम्बद्व हुन् भने उप्रेती एमाले निकटका हुन् । उप्रेती मेचीनगर नगरपालिकाका कर्मचारी समेत हुन् ।

IMG-20250503-WA0006

राजबंशीले ठुला राजनीतिक दलको झोला बोकेका  झापाका पत्रकारहरुले आफ्नो पार्टीले आयोजना गरेको कार्यक्रमको समाचार सम्प्रेषण नगरेको आरोप लगाएका थिए । उनले शक्तिशाली पेशा पत्रकारिताले सबैलाई समान व्यवहार गर्न सुझाव दिएका थिए । उनले पटक-पटक झोले शब्द उच्चारण गरेपछि पत्रकार आक्रोशित भएका थिए ।

शालिनता पूर्वक आफ्ना कुरा राख्न समय दिएकोमा अनेक लान्छना लगाउन थालेपछि उनलाई बोल्न रोक लगाएको पत्रकार गौतमले बताए ।