बिर्तामोड । झापाको कनकाई नगरपालिका-५ मा प्रहरीले हवाई फायर गरेर लागूऔषध बराामद गरेको छ ।

अहिले बिहान ८ः४० बजेको समयमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले ३०३ राइफलबाट दुई राउण्ड हवाई फायर गरेको जनाएको छ ।

कनकाई नगरपालिका-५ तल्लो चाप्रामारी स्थित सुरुङगा-झापा सडक खण्डमा शरणामतीबाट सुरुङगा तर्फ आउदै गरेको बिआर ३७ टि ९१९८ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो ।

सो क्रममा मोटरसाईकलमा सवार व्यक्तिले झोला र मोटरसाइकल छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

झोला खोलेर हेर्दा २०० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घठनामा संलग्न अभियुक्तको खोजतलाश भईरहेको जनाएको छ ।