बिर्तामोड । झापाको अर्जुनधारामा रहेका खोला नालामा मापदण्ड विपरीत उत्खनन् हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अनुगमन गर्दा ठेकेदार संंस्थाले मापदण्ड विपरीत उत्खनन् गरेको पाइएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, प्रहरी प्रमुख रााजन लिम्बूसहितको टोलीले अनुगमन गरेको समयमा अवैध उत्खननमा संलग्न दुईवटा स्काभेटर नियन्त्रण भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित टाङटिङ खोलाबाट दुईवटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।

बा २ क ४६४७ नम्बर र नम्बर नखुलेको अर्को २ वटा स्काभेटर नियन्त्रणमा लिएको हो । ती स्काभेटर आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाइको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्जुनधारामा नदीजन्य सामग्री उत्खननमा हरेक बर्ष मापदण्ड उल्लंघन हुँदै आएको छ । यद्यपि समयमा अनुगमन र नियमन नहुुदा अवैध उत्खननले उन्मुक्ति पाउने गरेको छ ।