बिर्तामोड । झापाको हल्दीबारी र कमल गाउँपालिकामा दुईजना मानिस मृत फेला परेका छन् ।

हल्दीबारी गाँउपालिका-२ आसमानबारी बस्ने अं बर्ष ४२ को दिल बहादुर राजवंशी मृत फेला परेको प्रहरीले जनाएको छ ।

रातको समयमा शौचालय गएका उनी त्यहीँ मृत फेला परेका हुन । धेरै बेर शौचालयको ढोका नखोलेपछि प्रहरी गएर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेको झापाका प्रहरी प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।

यसैगरी दमक नगरपालिका-४ मंगल टोल बस्ने भक्त बहादुर दर्जीको छोरा बर्ष ३५ को खगेन्द्र दर्जी मृत फेला परेका छन् ।

कमल गाउँपालिका-३ केर्खाचोकमा रहेको फुटबल खेल मैदानको मंन्चको भवनको पश्चिम तर्फको चेन्जिङ रुम भित्र उत्तानो परी मृत अबस्थामा उनको शव फेला परेको छ ।

वाहिरी चोटपटक नभएको, मागेर खादै हिड्ने गरेको भन्ने उनको शवलाई कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने तयारी भईरहेको छ ।