बिर्तामोड । झापा प्रहरीले मेचीनगरबाट लाखौंको अवैध कपडा बरामद गरेको छ ।
गएराती जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले मेचीनगरबाट सामग्री बरामद गरेको हो ।
मेचीनगर नगरपालिका-६ हनुमान मन्दिर अगाडिबाट भारत देखि नेपाल तर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको पाईन्ट -१३० पिस, भेष्ट ९६ पिस, सेण्डो भेष्ट-७२ पिस, मेक्सि-६ पिस, टप-३ पिस, कुर्ता सुरुवाल ४४ पिस, राधे राधे गम्छा ३९ पिस, पुजामा प्रयोग हुने कपडा-२४ मिटर, गम्छा-७ पिस, बच्चाको सेण्डो-१८० पिस, बच्चाको सट-१८ पिस बरामद भएको छ ।
बरामद कपडाको मूल्य २ लाख १४, हजार ५० रुपैया रहेको प्रहरीले जनाएको छ । बरामद कपडा आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।