बिर्तामोड । ईलाका प्रहरी कार्यालय अनारमनीले भन्सार छलेर ल्याएको २५ बोरा चिनीसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ ।

हिजो दिउसो ४ बजेको समयमा बिर्तामोड-५ सुब्बा चौकमा मे.१ च ६२८४ नं को पिकअपमा लोड गरेको अवस्थामा चिनी बरामद गरेको हो ।

भन्सार छली लुकाई छिपाई सर सामान ल्याएको भनी गोप्य सुचनाका आधारमा इप्रका अनारमनीको टोलीले ५० किलोग्रामको दरले २५ बोरा चिनी बरामद गरेको थियो ।

प्रहरीले चिनीको मुल्य १ लाख २५,००० र पिकअपको १२ लाख राखेर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया सुरु गरेको जनाएको छ । भारतबाट अवैध तरिकाले चिनी ल्याउने कनकाई-१८ बस्ने बर्ष ३२ को नारायण सिटौलालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।