बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ मेचीनगर-१२ सहरेडाँगी स्थित मेची राजमार्गमा ईलाम बाट चारआलि तर्फ आउदै गरेको मे १ च ६१३१ नम्बरको स्करपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन ।

दुर्घटनापछि चालक आफै ईलाका प्रहरी कार्यालय अनारमनीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले स्कर्पियो चालक हल्दीबारीका गजेन्द्र विष्ठ र ठक्कर दिने सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।