बिर्तामाेड । सिंचाईकाे माेटरमा तार जाेड्ने क्रममा करेन्ट लागेर झापामा एकजनाकाे मृत्यु भएका‍े छ । गएराती  कचनकवल गाउँपालिका- ७ सितागढी टोल बस्ने अरूण राजबंशीकाे करेन्ट लागेर मृत्यु भएकाे हाे । 

घर नजिकै रहेको जमिनमा सिचाईको मोटरमा तार जोडने क्रममा करेन्ट लागेर मृत अवस्थामा राजवंशी फेला परेका थिए । प्रहरीले घटनाकाे मुचुल्का उठाएर अन्तेष्टी प्रक्रियाका लागि शव परिवारलाई जिम्मा लगाएकाे जनाएकाे छ ।