बिर्तामाेड । झापाकाे मेचीनगरमा आज बिहान विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको छ । मेचीनगर–९ खुट्टिडाँगीको पारिजात पब्लिक स्कुलको भ्यान आज बिहान साढे ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा बिद्यार्थी र भ्यानका कर्मचारीसमेत १८ जना घाइते भएका छन् । विद्यार्थी बोकेको उक्त भ्यान स्थानीय टिमाई खोल्सीमा खसेको थियाे। घाइते विद्यार्थीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित अस्पताल पठाइएको थियो ।
जसमा चालकसहित ६ जना घाइते विद्यार्थीलाई थप उपचारका लागि बिर्तामोड पठाइएको प्रहरीले जानकारी दिएको छ । अन्य विद्यार्थीको भने स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।



















