झापा । जंगली हात्तीले कचनकवलमा पाँचवटा घर भत्काएको छ । चारकाेशे जंगलबाट बस्तीमा परेकाे हात्तीले कचनकवल-६ मा ३र भत्काउनुका साथै अन्नबाली नष्ट गरेकाे प्रहरीले जनाएकाे छ ।
गएराती ४ वटाको संख्यामा आएका जंगली हात्तीले घर, पसल भत्काउनका साथै अन्नबाली नष्ट गरेकाे हाे । हात्तीले कचनकवल–६ लालबाबु खत्री(कैलाश) को घर अगाडि राखेको घुम्तीको ढोका भत्काई घुम्तीमा राखेको मकै, अन्य सामान खानुका साथ साथै सरसामान छरपस्ट पारेर क्षति पुर्याएको छ ।
सोही ठाउँका लक्ष्मण टुडूको टाटी बेरा भएको भान्सा घर, नारायण बरालको गाईगोठ, राम दाहालको भान्सा घर र सन्जु दाहालको भान्सा घर भत्काएको हो ।



















