झापा । झापामा बस्तीमा पसेर निरन्तर जंगली हात्तीले धनमाल क्षति पुर्याउन थालेकाे छ । हिजाे राती दमक नगरपालिका-२ बेलडागी बन कार्यालय छेउमा घर भएका ४ जनाकाे घर भत्काउनुका साथै अन्नबाली खाएर हात्तीले नष्ट पारेकाे छ । 

२ वटाकाे संख्यामा आएका हात्तीले दमक-२ टंक बहादुर राईको टिनको छानो टाटीले बेरेको भुई तले घरको टाटी बेरा भत्काई भित्र राखेको चामल, १ ड्रम जाड खाएकाे थियाे  । साेही स्थानका कुल बहादुर चौहानको टिनले बारेको मन्दिर कोठा भत्काएर त्यहाँभित्र राखिएकाे मकै खाएकाे प्रहरीले जनाएको छ ।

चन्द्रकला खडकाको टिनको छानो टाटी बेरा भएको भान्सा घरको टाटी बेरा भत्काई भित्र राखेको  चामल, दाल खाएर क्षति पुर्याएकाे छ । हात्तीले राजु लिम्बु र पुष्प खतिवडाको भान्सा घरको टिनकाे छाना भत्काएकाे छ । हिजाे राती कचनकवलमा ४ वटाकाे संख्यामा आएका हात्तीले ५ वटा घरमा क्षति पुर्याएकाे थियाे ।