बिर्तामोड । झापाको बिरिङपुलमा अहिले साँझ भएको सवारी दुर्घघटनामा एकजनाको मृत्यु भएको छ । घटनामा एकै परिवारका अरु चारजना घाइते भएका छन् ।
साँझ ८:४० बजेको समयमा कन्काई नगरपालिका-८ बिरीङ पुल स्थित पुर्ब पश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोड तर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र बिपरित दिशा बाट जाँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भेन एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा मारुती भेन चालक गम्भीर घाईते अवस्थामा रहेकोले तत्काल उद्धार गरी बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भेनमा सवार शिबसताक्षी नगरपालिका-७ बस्ने बर्ष ४० को पृथ्बीनाथ साहको शरीरको बिभिन्न भागमा चोट, उनकी श्रीमती बर्ष ३७ की पुनमदेबी साहको अनुहारमा चोट, साहको छोरा बर्ष १४ को प्रसन्न साहको दाहिने खुट्टामा चोट, साहको छोरी बर्ष ९ की प्रिन्सा साहको नाक र दाहिने खुट्टामा चोट लागेको छ ।
अस्पतालमा यपचार भईरहेका चारै जना घाईहरुको अवस्था सामान्य रहेको छ । दुर्घटनामा संलग्न रहेको, मारुती भेन, पिकअप र पिकअप चालक धनकुटाको महालक्ष्मी नगरपालिका-८ बस्ने सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार मृतक चालकको साथमा रहेको पर्समा भोटरकार्डमा जिल्ला झापा शिबसताक्षी नगरपालिका-७ बस्ने बर्ष २९ को नवराज बाँस्कोटा लेखिएको भएपनि अझै कन्फर्म भईसकेको छैन ।



















