झापा । सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ ।
अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरु नेपालमा के हुन्छ ? यो सबैभन्दा बढी चासोको बिषय बनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरु अब क्रमश निष्कृय बनाउनेबारे आज निर्णय हुने बताएको छ ।
सूचीकरण गर्नका लागि दिएको अवधि बुधबार मध्यरातिबाट सकिएको छ । त्यसका लागि निवेदन नदिएकाहरुलाई आज दिउँसोबाट बन्द गर्न सुरु हुन्छ । को–कसलाई कसरी बन्द गर्ने भन्नेबारे मन्त्रीस्तरीय निर्णयबाट हुन्छ ।’ सञ्चार मन्त्रालय स्रोतले जानकारी दियो ।
नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले नेपालमा सूचीकरण हुन आह्वान गरेको थियो । त्यस अनुसार टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल लिंक सुचीकरण प्रक्रियामा छन् ।



















