शनिश्चरे । झापाको अर्जुनधारा-१० पञ्चकन्याटोलका केदार ढुङगेलको घरमा बिद्युत सट भएर गएराति आगलागी भएको छ ।
ढुङगेलको तीनतले घरको भुई तलाको टिभी कोठामा बिधुत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कोठामा रहेको१ थान टिभी, १ थान दराज जलेको छ । घटनामा दुईलाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरी टोली, स्थानीय र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आधा घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो ।



















