बिर्तामोड । बिर्तामोडमा जारी छैटौं वडा स्तरीय फुटबल प्रतियोगिताको शनिबार भएको खेलबाट वडा न ३ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

वडा न ३ ले वडा न ८ लाई ८-१ गोल अन्तरले पराजित गर्यो । वडा न ३ का लागि आशिष चापागाईंले ह्याट्रिकसहित ५ सन्तोष राईले १ र प्रयास बुढाथोकीले २ गोल गरे । वडा न ८ का लागि एकमात्र सान्त्वना गोल विवेक राजबंशीले फर्काए । 

खेलको प्लेयर अफ द म्याच वडम न ३ का आशिष् चापागाईं भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र आयोजक समितिका अध्यक्ष विकास गिरीले पुरस्कार प्रदान गरे । 

प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । 

आजै सुरु भएको दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा वडा न ३ बिजयी भएको छ । वडा न ८ का खेलाडी उपस्थित नभएपछि वडा न ३ ले वाकओभर पाउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । 

भेट्रान्स फुटबल प्रतियोगिताका बिजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैया पुरस्कार पाउने आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बुले जानकारी दिए । 

भेट्रान्स अन्तरगतको आइतबारको भेट्रान्स खेल वडा न ६ र वडा न ७ बीच हुने छ ।