अर्जुनधारा । अर्जुनधाराको नगर विकास बहुउद्देश्यीय सहकारी संस्थामा पुन प्रत्युश आजाद राना अध्यक्ष चयन भएका छन् ।

संस्थाको बुधबार भएको चौथो बार्षिक साधारण सभा तथा पहिलो अधिवेसनले रानालाई पुनः अध्यक्षमा चयन गरेको हो ।

संथामा साविक उपाध्यक्ष खेमबहादुर काफ्ले नै उपाध्यक्षमा दोहोरिएका छन् । सदस्यहरुमा देवकला प्रसाईं, रमा खवास, डम्बर घिमिरे, अम्बिका फुयल, टंक बराल, राधाकृष्ण दाहाल राजु, र दीपक दुलाल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक प्रेमसागर सापकोटाले जानकारी दिए । संस्थामा दुईजना सदस्य पछि थपिने बिधानमा व्यवस्था छ ।

यसैगरी लेखा समितिमा एकदेब खनाल संयोजक, सीता बस्नेत सापकोटा र दुर्गा प्रसाद पौडेल सदस्य रहेको तीन सदस्यीय समिति गठन भएको छ ।