झापा । सुनसरीमा मार्वल बोकेको ट्रक पल्टिदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान ६ बजेको समयमा सुनसरीको भोकाहा नरसिह गाउँपालिका-८ कब्रिस्थान स्थित हुलाकी लोकमार्गमा विराटनगर बाट राजविराजतर्फ जादै गरेको मार्वल लोड गरिएको ट्रक पल्टिएको थियो ।

को १ ख ४५४१ नम्बरको ट्रक गति अनियन्त्रित भएर हुलाकी मार्गको पश्चिम साईडको मकै बारीमा पल्टिदा उक्त ट्रकमा सवार ९ जना मध्ये ५ जनाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रवारे वस्ने अन्दाजी वर्ष ३४ को किरण गुरुङ, अन्दाजी वर्ष ५२ को बराम गुरुङ्ग, अन्दाजी वर्ष २८ को मिसु गुरुङ, अन्दाजी बर्ष ४७ को टक ब. गुरुङ र अन्दाजी ५६ को चन्द्रशेखर गुरुङ रहेका छन् । उनीहरु ५ जना नै ट्रकको पछाडि बसेका थिए ।

ट्रकमा अगाडी सवार ४ जना सकुशल निस्किएको प्रहरीले जनाएको छ । सकुशल रहेकामा सुनसरीको बर्जु गापा-१ शुक्रबारेका घदनाथ गुरुङ, मानबहादुर गुरुङ र नाम बतन नखुलेको ट्रक चालक रहेका छन् । चालक भने फरार रहेको।र बताइएको छ ।

अहले ट्रक घटना स्थलमै रहेको बताइएको छ । प्रहरीले उद्वारको काम गरिरहेको जनाएको छ ।