अर्जुनधारा । शनिश्चरे अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ३१ ओै साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सस्थाको मुख्य कार्यालयमा एक समारोहको आयोजना गरेर साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष किरण शिवाकोटीले सस्थाले हालसम्म गरेको प्रगति तथा आगामी योजना प्रस्तुत गरेका थिए ।

Messenger_creation_CE1C7149-7D52-45F1-A996-5BA063A4ACA2

उनले प्रस्तुत गरेको प्रतिवेदनमा ४ लाख ५० हजार लिटर क्षमताको अर्को ट्याङकी सञ्चालनमा ल्याइएको, नया धारा जडान शुल्कमा ३ हजार घटाइएको, पानी महसुलको रकम घटाएर १३० रुपैया बनाइएको, पानीको महसुल भुक्तानी प्रक्रियालाई डिजिटलाइजेेसन गरिएको लगायतका सुधारका कार्यक्रम उल्लेख छ ।

Messenger_creation_1CC6F63E-BB36-49D8-A147-1EF1E20D2676

खानेपानीमा २ हजार २५० धारा जडान भएको प्रतिवेदनमा उल्लेख छ । यहि आर्थिक बर्षभित्र १८० किलोमिटर नया पाईप बिस्तार गर्ने योजना अनुसार हाल १३९ किलोमिटर काम सम्पन्न भएको उल्लेख छ ।

अर्जुनधारा-८ मा नया ओभरहेड ट्याङकी राख्नका लागि १० कठ्ठा जमिन प्राप्त भइसकेकोले आगामी आर्थिक बर्षमा तेेस्रो ट्याङकी निर्माणको काम थालिने बताईएको छ ।

सचिव राकेश ढकालले सञ्चालन गरेको कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कोशीका प्रमुख सुरतलाल चौधरी प्रमुख अतिथि रहेका थिए । उनले उक्त संस्थालाई यथासक्य सहयोग गर्ने प्रतिक्रिया दिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले सबैको साझा सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताए । उनले नगरपालिकाबाट संस्थालाई यथेष्ट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडा, ९ का वडाध्यक्ष भीष्म मिश्र, पुर्व अध्यक्ष छत्रमणि ढकाल, नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाको यो साधारणसभाले नया नेतृत्व चयन गर्ने छ । प्रतिनिधि सभाको निर्वाचनका कारण आचारसंहिता नलागेमा यसै साता खानेपानीले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।