बिर्तामोड । वीरता जेसीसको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसीजको ४५औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ निर्बिरोध  चयन भएका हुन् ।

received_1413653087438555

समितिकोे कार्यकारिणी उपाध्यक्षमा पुकार बराल र प्रज्वल बिमली, कानुनी सल्लाहकारमा प्रभात मास्के (मनोनित), महासचिवमा सुवास त्रिखत्री (मनोनित),कोषाध्यक्षमा अमरजित शाह (मनोनित), उपाध्यक्षमा क्रमश विवेक खड्का, नवराज अधिकारी, विश्वजित हलवाई र विजय चौधरी चयन भएका छन् ।

त्यस्तै संयुक्त सचिवमा पुष्प भण्डारी, सह–कोषाध्यक्षमा अभिषेक गहतराज (मनोनित), जनसम्पर्क अधिकारीमा अजय चौधरी, तालिम आयुक्तमा विज्ञानराज पौडेल, प्रकरण निर्देशकमा अजय अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् ।

वीरता जेसीजका सन् २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको वीरता जेसीजको ४५औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनमा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेताको प्रमुख आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा झापा खेलकुद विकास झापाका अध्यक्ष तथा जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर प्रशान्त भण्डारी, पूर्वराष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, पूर्वराष्ट्रिय उपाध्यक्ष राजेन्द्र चौम्लागाईं, पूर्वअध्यक्ष राजिव धिमाल, औषधि ब्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा निर्वाचन आयुक्त निर्वतमान अध्यक्ष विकास बस्नेत, अधिवेशन निर्देशक सिनेटर घनश्याम चौधरी रहेका थिए । सोही अवसरमा उम्मेद्वारहरुलाई तालिम पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवाल, मिजस पोख्रेल र नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष योगेश राजवंशीले तालिम प्रदान गरेका थिए ।