बिर्तामोड । गएराति बिर्तामोडको मुक्तिचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
राती १०:५० बजे बिर्तामोडको अदुवा पुल छेउको पुर्व पश्चिम राजमार्गमा अटो र मोटरसाइकल जुधेर दुर्घटना भएको हो ।
लक्ष्मिपुरदेखि मुक्तिचौक तर्फ आउदै गरेको प्र.१-०२-०४२ प.१९०४ न.को मोटरसाइकलले वनस्टप मलदेखि अदुवाखोला तर्फ जादै गरेको मे.१ ह.३७२१ न.को अटोलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गौरादह-३ बस्ने बर्ष अ.२४ को निरज कार्की र मोटरसाइकलमा पछाडि सवार दमककी अ.२२ बर्षकी सुजाता बुढाथोकी घाइते भएका थिए ।
घाइतेको घाईते भइ बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान घाईते सुजाता बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालक अर्जुनधारा-६ बस्ने खेमराज खड्का र मोटरसाइकल चालकलाई उपचार पश्चात नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



















