झापा । प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा झापामा प्रहरी प्रमुख फेरिएको छ । गृृह मन्त्रालयले नेपाल प्रहरीका ४८ एसपीको सरुवाको सुची सार्वजनिक गर्दा झापाको एसपी पनि फेरिएका हुन्।
प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।
एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र, राजन लिम्बू लगायतको सरुवा भएको छ ।
निर्वाचनको हटस्पट मानिएको झापामा बसुन्धरा खड्कालाई लगिएको छ । उनी बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा थिइन् ।



















