बिर्तामोड । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जुत्ता मेला शुरु भएको छ । उपभोक्तालाई सस्तो मुल्यमा जुत्ता, चप्पल उपलब्ध गराउने उदेश्यले मेला आयोजना गरिएको हो ।
ग्राहकहरुको मागलाई ध्यान दिँदै तेस्रो वर्ष सिटी सेन्टरको संयोजनमा जुत्ता मेला आयोजना गरिएको हो । माघ ७ देखि शुरु भएको मेला फागुन १७ गतेसम्म चल्ने छ ।
मेलामा स्वदेशी र बिदेशी विभिन्न ब्राण्डका जुत्ता, चप्पल उपलब्ध हुने बताइन्छ ।
मेलामा चर्चित नेपाली ब्राण्ड गोल्डस्टार, फस्ट वाकलगायतका स्वदेशी कम्पनी तथा चाइनिज र इन्डियन कम्पनीका समेत जुत्ता उपलव्ध रहेको संचालक सुमन नेपालीले बताए । उनले भारी छुटमा जुत्ता उपलव्ध गराइएको जानकारी दिए ।
जुत्ता मेलामा ग्राहकहरुको भीड देखिएको छ । ग्राहकहरुको माग र आवश्यकता अनुसार सिटी सेन्टरमा हरेक वर्ष जुत्ता मेला संचालन गर्दै आएको सिटी सेन्टरका संचालक दिपेन्द्र राउतले बताए ।



















