झापा । झापाको कमल गाउँपालिकामा अचानक बेहोश हुँदा सवारी चालकको मृत्यु भएको छ।

हिजो साँझ कमल-५ सितापुरीचोक स्थित पुर्ब पश्चिम राजमार्गमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.न.१-०४-००१च.००८० नम्बरको स्कारपियो चालक सवारी चलाइरहेको समयमा बेहोस भएका थिए ।

मोरङ पथरी शनिश्चरे-९ बस्ने वर्ष ४५ को योगेश धिमाल गाडी चलाउने क्रममा असहज भएर उक्त गाडी सडक किनारामा रोकेका थिए ।

त्यसपछि बेहोस भएका उनलाई सोही गाडीमा सवार यात्रुहरुले देखेर बोलाउँदा नबोले पछी स्थानीयको सहयोगमा तत्काल उपचारको लागि दमक पठाएका थिए ।

उनको उपचारको क्रममा राति ८ बजे सोहि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।