बिर्तामोड । झापाको कनकाई नगरपालिकाको हेप्पी ल्याण्ड फनपार्कमा ग्याङ फाईट हुदा ५ जना घाइते भएका छन् । ग्याङ फाईटमा संलग्न ६ जना पक्राउ परेका छन् ।
दुई समुह बिच डिजे बजाएर नाच्ने क्रममा बिबाद हुँदा ग्याङ फाईट भएको प्रहरीले जनाएको छ ।
घटनामा झापा-५ बस्ने मानारुल आलम, अन्सारुल अलीको, फिरोज अली, तामेजल खानको र समान सेक घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
प्रहरीले ग्याङ फाईटमा संलग्न बह्रदशी-४ बस्ने साहिद खान, सन्जाद आलम, आसिक आलम, सोहेल आलम, सानाबाज आलम र साहिल आलमलाई नियन्त्रणमा लिएको जनाएको छ ।



















