बिर्तामोड । झापाको कचनकवलमा हिजो साँझ भएको सवारी दुर्घटनामा परेका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कचनकवल-४ को केचना स्थित बनियानीबाट लोधाबारी जाँदै गरेको बिआर-११-सि-३०७१ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको  प्र-१-०१-००२ ह ६४११ नम्बर को सिटी दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल-४ बस्ने शुकदेब गणेश गम्भीर घाइते भएका थिए ।उनको भद्रपुरमा उपचारका क्रममा बेलुका ७:१५ बजे  चिकित्सकले चेक जाँच गरेर मृत घोषणा गरेको प्रहरीले जनाएको छ।   

इलाका प्रहरी कार्यालय केचनाको टोलीले सिटी चालक जिल्ला सोही स्थानका सैजन मिया, सिटि र मोटरसाइकल  नियन्त्रणमा लिएको जनाएको छ ।