झापा । झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी स्थित सिरक गोदाममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आज दिउँसो करिब १२:०० बजे बुट्टाबारी मा रहेको नुर मोहम्मदको सिरक गोदाममा अचानक आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरी बल नेपाल का टोली खटिएका थिए।

त्यसैगरी बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकलसहित स्थानीयवासीको सहयोगमा दिउँसो २:२५ बजेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट टिनको बार र छानो भएको गोदाम, भित्र रहेका रुवा बनाउने मेसिन तथा कपासका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनामा कुनै मानविय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। उक्त गोदाम सलमा खातुनको नाममा रहेको र भाडामा लिएर बिर्तामोड कपास प्रसोधन उद्योग सञ्चालन हुँदै आएको खुल्न आएको