बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

मंगलबार साँझ करिब ७:३० बजे स्थानीय घनश्याम खतिवडाको टिनको छानो तथा बाँसको टाटीले बनेको पुरानो एकतले खाली घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीका कारण घरभित्र रहेका फर्निचर, लत्ताकपडा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।

उक्त आगो शिवसताक्षी नगरपालिकाको दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब ८:२० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।