बिर्तामोड । हिजो साँझ मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक जंगली हात्तीको आक्रमणमा आमा-छोरी घाइते भएका छन् ।
जंगली हात्तीले वर्ष ३८ की सुनिता बज्राचार्य र उनकी वर्ष १३ की छोरी यबद्रा बज्राचार्य आफ्नै घरको बराण्डामा बसिरहेको अवस्थामा आक्रमण गरेको हो।
हात्तीले दुवै जनालाई बराण्डाबाट तानेर केही परसम्म घिसारेको स्थानीय स्रोतले जनाएको छ। घटनामा आमा–छोरी दुबै गम्भीर घाइते भएका छन्। प्रारम्भिक जानकारी अनुसार उनीहरूको खुट्टा नचल्ने अवस्था रहेको भए पनि होसमा रही बोल्न सक्ने अवस्थामा रहेका छन्।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी निरीक्षक दान बहादुर श्रेष्ठको कमाण्डमा टोली खटेेर उनीहरुको उद्दार गरेको थियो ।



















