झापा । दमकमा मादक पदार्थ सेवन गरेका आफ्नै साथीले चक्कु प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् ।

गएराति १० बजेको समयमा दमक-७ बुद्धमार्गमा साथीले छुरा प्रहार गर्दा इलामको फाकफोकथुम-५ सोही स्थानमा डेरा गरेर बस्ने वर्ष ४० को प्रकाश श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

छुरा प्रहार गरेको अभियोगमा दमक-६ घर भई सोही घरमा डेरा गरेर बस्ने मनकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेलाई घाईतेलाई तत्काल उपचारको लागि दमक अस्पताल दमकमा पठाइएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तामोड पठाएको जनाईएको छ ।