बिर्तामोड । झापामा भेट्रान्स टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

आगामी पुस ५ गते बिर्तामोडमा प्रतियोगिता आयोजना गरिएको झापा जिल्ला टेबल टेनिस संघका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।

IMG-20251205-WA0008

उनले पुरुष र महिलाको सिंगल तथा डबल फरम्याटमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा सहभागी हुन आवेदन माग गरिएको अध्यक्ष अग्रवालले बताए ।

संघले यसअघि गत जेठमा जिल्लास्तरीय खुल्ला टेवल टेनिस प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा जिल्लाका २ सय बढि खेलाडीको सहभागिता रहेको थियो ।

संघले यसै बर्ष बिर्तामोडमा कभर्ड हल निर्माण गर्ने लक्ष्य लिएको प्रशिक्षक प्रकाश राईले जानकारी दिए । उनले टेेवल टेनिस खेललाई व्यवसायिक रुपमा अघि बढाउन संघ सक्रिय रहेको बताए ।