बिर्तामाेड । झापामा याे बर्ष पनि टेबलटेनिस प्रतियाेगिता हुने भएकाे छ । झापा जिल्ला टेबल टेनिस संघकाे आयाेजनामा प्रतियाेगिता हुने भएकाे हाे ।
आगामी जेठ ३० र ३१ गते बिर्तामाेडमा प्रतियाेगिता आयाेजना गर्न लागिएकाे झापा जिल्ला टेवलटेनिस सघका झापा अध्यक्ष सन्ताेष अग्रवालले जानकारी दिए ।
उनले जुनियरतर्फ प्रदेशस्तरीय प्रतियाेगिता आयाेजना गर्ने निर्णय भएकाे बताए । जुनियरमा पनि सिंगल, डबल र मिक्स समूहमा प्रतियाेगिता आयाेजना गरिने बताए । यसैगरी सिनियरमा भने झापा जिल्लास्तरीय खेलाडिकाे सहभागिता रहने छ । यसमा पनि सिंगल, डबल र मिक्स तथा भेट्रान्समा सिंगल र डबलकाे भिडन्त हुने उनले बताए ।
गतबर्ष आयाेजना भएकाे जिल्ला स्तरीय प्रतियाेगिताकाे सफलतापछि याे बर्ष पनि त्याे भन्दा बृहत प्रतियाेगिता आयाेजना गर्न लागिएकाे उनकाे भनाई छ । बार्षिक क्यालेण्डर बनाएर टेवलटेनिसकाे व्यवासायीकरणमा सघ जुटेकाे बताइएकाे छ ।
आयाेजकका अनुसार परतियाेगिता आयाेजना गर्न १० लाख रुपैयाँ खर्च हुने छ । जसका लागि बिर्तामाेड नगरपालिकाले २ लाख रुपैंयाँ बिनियाेजन गरेकाे छ । बाँकी खर्च दाताबाट पूरा गरिने प्रशिक्षकसमेत रहेका संघका सदस्य प्रकाश राईले जानकारी दिए ।
राईका अनुसार आगामी जेठ १५ र १६ गते काठमाण्डाैमा हुने राष्ट्रिय प्रतियाेगिताका लागि झापाबाट अन्तराष्ट्रिय खेलाडी सिक्का सुवाल श्रेष्ठ र इभाना थापासहित ११ जना खेलाडीलाई सहभागिताका लागि सिफारिस गरिएकाे छ ।



















