एजेन्सी । लामाे समयकाे हिंसात्मक आन्दाेलनपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । त्यहाँको सेनाले अन्तरिम सरकार गठन गरेर सत्ता सञ्चालन गर्ने भएको छ । 

बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । उनले सबैलाई न्याय दिने आश्वासन दिएका छन् । जनरल वाकरले अब शान्त रहनु सबैको दायित्व भएको बताए । 

‘एकसाथ, हामी राम्रो स्थितिमा जाने आशा गर्दछौं, उनले मिडियालाई सम्बोधन गर्दै भने । ‘म पूर्ण जिम्मेवारी लिइरहेको छु जनरलले भने, ‘देशले धेरै पीडा भोगेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिसहरू मारिएका छन् । यो हिंसा रोक्न समय हो ।’ उनले सम्बोधनपछि स्थिति सुधार हुनेमा बिश्वास रहेको बताए । 

उनले अन्तरिम सरकार गठनका लागि राष्ट्रपतिसँग कुरा गर्ने र अवामी लिगसँग नभए पनि प्रमुख प्रतिपक्षी दल र नागरिक समाजका सदस्यहरूसँग वार्ता गरेको बताए । ‘यदि अवस्था राम्रो भयो भने, संकटकाल आवश्यकता छैन’ उनले भने ।