बिर्तामोड । झापाको भद्रपुरमा कटुवा पेस्तोल लुकाएर राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा ४४ वर्षीय मनकुमार लिम्बू रहेका छन् । उनी भद्रपुर नगरपालिका–६ स्थित साजन होटल सञ्चालन गर्दै आएका थिए ।
प्रहरीका अनुसार असोज हिजो साँझ ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लिम्बूको डेरामा खानतलासी गरेको थियो । सो क्रममा सुत्ने बेडमुनि लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
कटुवा पेस्तोल बरामद गरेपछि प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















