बिर्तामाेड । झापाका तीनलाख बालबालिकालाई फागुन १७ गतेदेखि दादुरा–रुवेला संक्रमणविरुद्धको खोप लगाइने भएकाे छ ।
मंगलबार बिर्तामाेडमा सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै स्वास्थ कार्यालय झापाले खाेप अभियानबारे जानकारी दिएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकाेटीका अनुसार नौ महिनादेखि १५ बर्षमुनिका बालबालिकालाई जिल्लाका ९४० वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिने बताए ।
झापाकाे झापा गाउपालिकामा ६, बिर्तामाेड र दमकमा १, १ जना दादुराका बिरामी फेला परेकाे उनले बताए । दादुरा ब्रेक आउट भएका कारण झापा त्याे राेगकाे जाेखिममा रहेकाे बाह्रकाेटीले बताए ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने उनले जानकारी दिए । सामुदायिक भवन, आधारभूत स्वास्थ्य केन्द्र, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको जानकारी उनले दिए।
झापामा २ लाख ७० हजार डाेज खाेप आइसकेकाे भन्दै उनले खाेप वितरण गर्नका लागि भण्डारणकाे समस्या रहेकाे बताए । तर, यसले अभियानमा ठुलाे असर नगर्नेसमेत उनकाे भनाई छ ।