बुद्धशान्ति । बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको आजको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी एफसी मोरङ  र रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिष्पर्धा हुने भएको छ । 

बुधबारेस्थित आदर्श माविको खेल मैदानमा जारी प्रतियोगितामा पुर्वका शसक्त फुटबल क्लबको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ । 

त्यसैगरी भोलि हुने पहिलो सेमिफाइनल  खेलमा आयोजक आदर्श युवा क्लब  र भारतको मानेभन्ज्याङ एफसी भिडने छन् ।  यसअघि भएकाे खेलबाट आयेजक आदर्श युवा क्लबले  ध्रुबतारा स्पोर्टिङ क्लब दमकलाई पराजित गरेको  थियो । मानेभन्ज्याङ एफसी भारतले धरान एफसीलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।  

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन्