दमक । सुन जस्ताे पहेँलाे धातु देखाएर झापाकाे दमकमा जेष्ठ नागरिकलाई ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले उर्लाबारी नगरपालिका-५ का सन्जित शर्मालाई जेष्ठ नागरिकलाई ठगी गरेकाे अभियाेगमा पक्राउ गरेकाे छ ।
दमक नगरपालिका हाट बजारको क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरू समेतलाई विभिन्न मितिहरुमा सुन जस्तो पहेलो धातुको टिल देखाई नगदतथा महिलाहरुले लगाएका सुनका गर/गहनाहरुसँग सट्टापटा गरी ठगी गर्ने गरेको भन्ने उजुरी तथा सूचनाको आधारमा प्रहरीले शर्मालाई पक्राउ गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय दमककाे टाेलीले खोजतलास गर्ने क्रममा दमककाे पशुहाटबाट सुन जस्तो देखिने पहेंलो धातु सहित फेला पारेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । उनीबिरुद्ध अदालतमा म्याद थप गरी अनुसंधान भइरहेकाे प्रवक्ता चन्दले जानकारी दिए ।


















