बिराटनगर । प्रहरीले माेरङमा गाेली हानेर भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यस्थित किसनगञ्ज–८ बस्ने भारतीय नागरिक भागिरथ हरिजनलाई प्रहरीले गाेली हानेर पक्राउ गरेकाे हाे ।

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरिएको  प्रहरीले जनाएकाे छ । 

घटनामा हरिजन घाइते भएका छन् । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको प्रहरीले जनाएकाे छ ।  प्रहरीले हरिजनको साथबाट १२८ ग्राम खैरो हेरोइन बरामद गरेको छ । हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ । केहीदिन अघि प्रहरीले झापामा पनि गाेली हानेर लागूऔषध काराेबारीलाई पक्राउ गरेकाे थियाे ।