बिर्तामाेड । झापामा लागूऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ साढे ७ बजेको समयमा झापा गाउँपालिका वडा नं‍ १ सालमाराबाट  ब्राउनसुगरसहित दुईजना भारतीय पक्राउ परेका हुन् ।

बिषेश सुचनाका आधारमा सालमाराकाे झोलुङ्गे पुल नजिकै चेकजाँचको क्रममा साईकलयात्री भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने बर्ष ४० का जुलमात हुसेन र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० का तोसिफ आलमलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकसहित २० ग्राम ५५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।