भद्रपुर ।  झापाकाे भद्रपुरमा एक व्यक्तिले सिक्कल प्रहार गर्दा बृद्धाकाे मृत्यु भएकाे छ । भद्रपुर नगरपालिका वडा नं. २ डिगाँउ बस्ने ७० बर्षिय गौरीमाया तामाङकाे साेही ठाउँका राजेश तामाङले सिक्कल प्रहार गरेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ । 

शुक्रबार दिउँसाे साढे ३ बजे भएकाे घटनामा  परेर गाैरिमायाकाे घटनास्थलमै मृत्यु  भएकाे पाइएकाे छ । प्रहरीले बृद्धामाथी सिक्कल प्रहार गर्ने राजेशलाई  खेतवारीमा लुकिछिपि वसेको अवस्थामा पक्राउ गरेकाे जनाएकाे छ । घटनाकाे कारणबारे थाहा नभएकाे जानकारी दिदै प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसंधान सुरु गरेकाे जनाएकाे छ ।