बिर्तामोड । बिर्तामोडको सुब्बाचोकमा लागुऔषध कारोबार र जुवाजन्य खेल खेल्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी वसपार्कको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा-७ घर भई सोही स्थानमा डेरा गरी बस्ने बिजय मगर, माई नगरपालिका-२ का रुपेश ढुङगाना, मेचीनगर-९ का शेरबहादुर लिम्बु र बिदुर मगर रहेका छन् ।
उनीहरूको साथबाट एक बुक तास, ढुङ्गानाको साथबाट १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर, नगद २ हजार ३३५, लिम्बुको साथबाट १२०, मगरको साथबाट नगद १ हजार ४५० बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

















